सर्वप्रिय गायक तथा संगीतकार माधव भण्डारीको ‘हल्ला चले चल्ला’ सार्व​​जनिक

काठमाडौँ – चर्चित गायक माधव भण्डारीको गीत ‘हल्ला चले चल्ला’ सार्बजनिक भएको छ । आइतबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा गायक भण्डारीलाई बबिना किराँतीले साथ दिएकी छिन् । मारुनी स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा मिक्स मास्टर कुमार राना रहेका छन् । गीतमा लय, शब्द माधव भण्डारीको रहेको छ भने गीत एरेन्ज पनि माधव भण्डारीले नै गरेका हुन् ।
चर्चित निर्देशक होम धितालको निर्देशनमा बनेको भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् । गीतमा कोरियोग्राफी भने शिव विकले गरेका छन् । गीतको छायांकन तथा ड्रोन अपरेटरमा मरुभुमी नारायण छन् । गीतको पोष्ट प्रोडक्सन धिताल फिल्मसले गरेको हो । भिडियोमा लोमश शर्मा, सरिता धनकुटी र सुजल भण्डारीको अभिनय देख्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्