दार्चुलामा अलपत्र नेपालीहरुको मंगलबार राति उद्धार, आजदेखि कसैलाई पनि प्रवेश नगराइने प्रशासनको भनाइ

रमेश खत्री 

दार्चुला – भारतको घारचुलामा अलपत्र नेपालीहरुलाई मंगलबार राति उद्धार गरिएको छ । कोराना भाइरसको संक्रमण बढ्ने आशंकामा नेपाल सरकारले देश नै लकडाउन गरेका बेला उनीहरु भारतका विभिन्न ठाउँबाट नेपाल फर्केका थिए, तर सीमा बन्दका कारण उनीहरु मंगलबार दिनभरी बाहिर बस्नुपर्यो ।

तर राती अबेरभएपछि उनीहरुको उद्धार गरिएको छ । ७२ जना पुरुष र ६ जना महिलालाई दार्चुलामा नेपाल प्रवेश गराएको हो । नेपाल प्रवेश गरिएका सबै नेपालीको स्वास्थ्य जाँच गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । बुधबारदेखि कसैलाई पनि नेपाल प्रवेश नदिइने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई मंगलबार एक दिनका लागि नेपाल प्रवेश गराउने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्