नेपालमै दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन हुदै, कालाेबजारी अन्त्य हुने विश्वास

काठमाडौं – व्यवसायी दीपक मल्होत्राले दैनिक ७० हजारका दरले मास्क उत्पादन सुरु गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला सोमबारदेखि उनले दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्न सुरु गरेका छन् । केही दिनमा उनले उत्पादन गरेका मास्क बजारमा आउँदैछन् । आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य हुने उनको दाबी छ । उक्त मास्कको मूल्य ५ रुपैयाँ पर्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्