गौरिफन्टा नाकामा अलपत्र नेपाली, खाना समेत खाएका छैनन्

धनगढी — सोमबार रातिदेखि कैलालीको सीमा नाका गौरिफन्टामा रोकिएकाहरुको बेहाल हुन थालेको छ । बिहान ७ बजे प्रहरीले लखेटेका उनीहरुले खानासमेत खान पाएका छैनन् । उनीहरुलाई कसरी देशभित्र ल्याउने भन्ने प्रशासनले अझै टुंगो लगाएको छैन ।

धनगढी मुख्यमन्त्रीको कार्यालयमा बैठक बसिरहेको सशस्त्र प्रहरीका एसपी कमल तिमिल्सिनाले बताए । सरकारले सीमामा आउने आफ्ना नागरिकको स्पष्ट पहिचान गरेर, स्वास्थ्य जाँचको व्यवस्था मिलाइ ल्याउन सकिने सोमबार निर्णय गरेको थियो ।

भारतका विभिन्न सहरबाट आएकाहरु सुदूरपश्चिमको प्रमुख सीमा नाका गौरीफन्टामा अलपत्र छन् । उनीहरुले बिहानैदेखि नाराबाजी गरेर अगाडि बढ्न खोजेपछि सुरक्षाकर्मीहरुले रोकेका थिए । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्