हेलम्बुले जित्यो अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधी

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढि नगरपालिका तेस्रो र इन्द्रावती गाँउपालिका चौथो भएको हाे ।
बिजेतालाई पुरस्कार वितरण गर्दै  हेलम्बु गाँउपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा हेलम्बुमा प्रदेश स्तरिय खेलको आयोजना गर्ने समेत बताए ।

प्रतियोगीतामा हेलम्बु गाँउपालिका, मेलम्ची नगरपालिका, ईन्द्रावती गाँउपालिका र चौतारा साँगाचोकगढि नगरपालिका गरि ४ पालिकाको सहभागिता रहेको खेल संयोजक एबम् शिक्षा शाखाका प्रमुख विश्वनाथ भण्डारीले बताए ।
प्रतियोगितामा पहिलो हुने टिमले १ लाख ११ हजार १११ दोस्रो हुनेले ६५ हजार १११ तेस्रो हुनेले ३५ हजार १११ र चौथो हुनेले १५ हजार १११ प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्