झारफुकको बाहानामा धामीबाट युवती बलात्कृत

सांकेतिक तस्विर

काठमाडौँ – झारफूक गर्ने भन्दै एक धामीले एक युवतीलाई बलात्कार गरेका छन् । मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए । पिडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले बताएकी छन् । पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको आपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्