शुक्लाफाँटामा ४५ दिने लेहेङ्गा सिलाई तालिम सञ्चालन हुने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारी केन्द्रिय कार्यालय रहेको नेपाल कमाशु समाज केन्द्रले ४५ दिने लेहेङ्गा सिलाई तालिम सञ्चालन गर्ने भएको छ ।
व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कञ्चनपुरको आर्थिक तथा प्राविधिक सहयोगमा लेहेङ्गा सिलाई तालिम सञ्चालन गर्न लागेको अध्यक्ष भागीराम चौधरीले एक सूचना जारी गर्दै जानकारी दिनुभएको छ । २० जना सहभागि गराइने उक्त तालिममा मंसिर १२ गतेदेखि १९ गतेसम्म आवश्यक कागजात सहित आवेदन दिन सूचना प्रकाशन गरेको छ । यस्तै आवेदकले मंसिर २० गते कार्यालयमा सम्पर्क गर्न समेत जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्