बझाङका एक शिक्षकलाई विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले कालोमोसो दले

बझाङ – बझाङका एक शिक्षकलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा) का कार्यकर्ताले कालोमोसो दलेका छन् । जिल्लाकोछविसपाथिभेरा गाउँपालिका वडान ७ स्थित मजखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहरालाई विप्लव कार्यकर्ताले आइतबार कालोमोसो दलेका हुन् । आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै कालोमोसो दलेको एक विप्लव कार्यकर्ताले बताए । ‘शिक्षक बोहरा विद्यालयको प्रधानाध्यापक हुँदा ठुलो आर्थिक रकम भ्रष्टाचार गरेको छन् । शैक्षिक गुणस्तर ध्वस्त पारेको छन् । साथै हामीले अहिले देशव्यापी रुपमा चुनावी भण्डाफोर अभियान सञ्चालन गरेका छौँ । उनले हामीले बनाएका ब्यानरहरू च्यात्ने गरेका रहेछन् । त्यसैले हामीले कारबाही गरेका हौँ,’ ती कार्यकर्ताले भने । बोहरालाई दुर्व्यवहार गर्ने व्यक्तिको खोजी गर्न घटनास्थलमा अहिले प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय विसौनाचौरले जानकारी दिएको छ । विद्यालय प्राङ्गणबाहिर बाेलाएर बाेहरालाइ कालाेमाेसाे दलेर उनीहरू भागेकाे प्रहरीकाे भनाइ छ । बोहरा विगतमा विद्यालयको प्रधानाध्यापक थिए । आर्थिक अनियमितताको आरोप लागेपछि उनले पदबाट राजिनामा दिएका थिए । बोहोराले विद्यालय भवन निर्माण, पुस्तकालय निर्माण, ल्याव निर्माणमा ठुलो रकम हिनामिना गरेको विप्लव कार्यकर्ताको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्