पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने २ जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनि ट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टितेल र पेट्रोलको कालो बजारी क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । चौतारा साँगाचोक गढी न.पा. वडा नं. ५ पुरानो बजारबाट बा २ ख ३८०६ नं.को मिनि ट्रक सहित मट्टितेल र पेट्रोल बरामद गरेको हो ।

मिनि ट्रकमा २ सय ५० लिटर जाने ५ वटा र ५० लिटर जाने प्लाष्टिकको २ वटा ड्रम फेला पारेको सिन्धुपाल्चोक प्रहरीका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लले जानकारी दिनुभयो ।

प्रहरीले दुलाल र चालक श्रेष्टको साथबाट करुणा आयल स्टोर काभ्रे बनेपाबाट २ सय ४३ लिटर मट्टितेल दि मोर्डन एमनिटी सप्लायर्स बनेपाबाट १ हजार १ सय लिटर पेट्रोल खरिद गरेको साधरण बिल समेत फेला परेको छ । उल्लेखित पेट्रोलियम पदार्थ, बिल र सवारी साधन रितपूर्वक बरामद गरी किराना पसल सञ्चालन गर्ने दुलाल र सवारी चालक श्रेष्ठलाई समेत नियन्त्रण लिई अनुसन्धान कार्य भइरहेको डीएसपी काफ्लेले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्