गड्डाचौकीबाट ६ घण्टामा १३ हजार मानिसहरु नेपाल भित्रिए

FILE PHOTO

कञ्चनपुर – भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका छन् । नेपाल प्रवेश गर्नेमा केही भारतीय नागरिकसमेत छन् ।

भारतमा कोरानाको संक्रमण फैलिन थालेसँगै रोजगारी बन्द हुन थालेपछि संक्रमणबाट जोगिन नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।

कञ्चनपुरको गड्डाचौकी नाका भएर ६ घण्टामा १३ हजार भन्दा बढी नेपाली घर फर्किएको क्वारेन्टाइनले जनाएको छ । शनिबार बिहान हजारौँको संख्यामा नेपालीहरू घर फकिँदा सीमामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई सम्हाल्नै गाह्रो परिरहेको थियो ।

शनिबार बिहान भारतबाट फर्किनेको भीडले गड्डाचौकी नाकामा सवारी साधन ठप्प भएका थिए । बिहान ६ बजेदेखि ११ बजेसम्म करिब १३ हजार मानिस नेपाल प्रवेश गरेका हुन् । नेपालीसँगै केही भारतीयहरू पनि नेपाल प्रवेश गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य साना नाकाहरू बन्द गरेको जनाएको छ । गड्डाचौकीबाट पनि भारत नजान आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्