पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित

काठमाडौं – पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ । नियमित पूजा भने यथावत रहेको छ ।

सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो ।
कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुदै गएको छ । नियमित पूजाका लागि २५ जना भन्दा बढी नपठाउने र निश्चित दुरीको फरकमा पूजामा जाने व्यवस्था पशुपतिनाथ क्षेत्र विकास कोषले गरेको छ । मन्दिर परिसरमा ठाँउ–ठाँउमा स्यानिटाइजर राखिएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको छ ।

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय रुपैयाँ देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ । मन्दिर वरीपरी सामान्य अवस्थामा निकै भिडभाड हुने गरेकोमा अहिले सुनसान जस्तै देखिन्छ ।

पशुपतिनाथ क्षेत्र विकास कोषले नियमित रुपमा गर्दै आएको आरति पूजालाई समेत स्थागित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्