नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

काठमाडौं – नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ ।

काँग्रेसले फागुन १६ गतेबाट समायोजन सकेका जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरण थालेको थियो ।

शनिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा यसलाई स्थगन गरेर कोरोना सचेतना अभियानमा थप सक्रियता जनाउने उल्लेख छ ।

काँग्रेसले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै पार्टीका ठुला भेला र सम्मेलनहरु स्थगित गरिएको भए पनि क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन कार्य जारी राखेको थियो ।

पछिल्लो समयमा कोरोनाको जोखिमबाट बढ्दै गएकोले सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी क्रियाशिल सदस्यता नवीकरण र वितरण चैत मसान्तसम्मका लागि स्थगित गरिएको शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्