टेकु अस्पतालले दिने जस्तै सेवा देशका सातै प्रदेशमा लैजाने सरकारको तयारी

काठमाडाै – सरकारले काठमाडौंको टेकुमा संचालन गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिने जस्तै सेवा देशका सातै प्रदेशमा लैजाने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिने जस्तै सेवा देशका सातै प्रदेशमा लैजाने बताएका हुन् ।

यसैगरी मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आवश्यक कदम चालिरहेको बताउँदै सोका लागि आवश्यक चिकित्सकीय सामाग्रीको सुचि चीन सरकारलाई नेपालले पठाइसकेको र सो अनुसारको सामान छिट्टै नेपाल आइपुग्ने जानकारी दिए ।

’किट, ल्याव, पपिइ मगाएका छौ । एन ८५ मास्क, कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने औषधिजन्य सामान पठाउन भनेका छौं’, उनले भने, ’लिस्ट लामो छ, चीनले सहयोग गर्ने भनेको छ, आउने प्रक्रियामा छ।’

त्यसैगरी उनले मोबाइल ल्याबको लागि पनि प्रयास भइरहेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्