कोराेनाको आशंकमा कैलालीमा ३ जना अस्पताल भर्ना

कैलाली – कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए ।

उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्