निर्वाचन आयोगलाई भीम रावलको प्रश्न : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ?

File Photo

काठमाडौं – नेकपा एमालेका नेता डाक्टर भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि रावलले कडा टिप्पणी गरेका हुन् । नेता रावलले व्यङ्ग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘ कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ?’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No Not again’ नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न भनिएको छ । यी पेजबाट भ्रामक र द्वेषपूर्ण श्रव्य र श्रव्यदृश्य सामग्री प्रकाशन भएकोले बन्द नगरे विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी आयोगले दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्