गाउँपालिकाको डोजरले ठक्कर दिदा एक जनाको मृत्यु

दैलेख – दैलेखको भैरवी गाउँपालिकामा डोजरको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । भैरवी गाउँपालिका–४ डाँडीमाडी बजारमा भएको घटनामा भैरवी गाउँपालिका–३ कुराँह गाउँका ३९ वर्षीय धनु खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

सहिदगेटदेखि डाँडीमाडी खण्डको बाटो मर्मत गरी फर्केको भे १ क १६४२ नम्बरको डोजरले पैदल यात्री खातुनलाई ठक्कर दिएको र चालक प्रविणकुमार शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने डोजर भैरवी गाउँपालिकाको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्