दुर्घटनामा एकै घरका दाजुभाइसहित तीनको मृत्यु, १२ घाइते

रोल्पा – रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ। नारायण र विष्णु दाजुभाइ हुन्। रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ। दुर्घटना परेर घाइते १२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ। घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए। जिपको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्