निजी विद्यालयलाई चैत महिनाको शुल्क मिनाहा गर्न माग

महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबारे कसरी जोगिने भन्ने विषयमा छलफल गर्न नेपाल विद्यार्थी संघले राखेको संयुक्त बैठकमा अनेरस्ववियु, अखिल क्रान्तिकारी विद्यार्थी संगठन, समाजवादी विद्यार्थी संगठनलगायतको प्रतिनिधि रहेको थियो ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाको सभापतित्वमा बसेको बैठकले ६ बुँदे वक्तव्यसमेत जारी गरेको छ । वक्तव्यमा भनिएको छ, विश्वव्यापी महामारीको रूपमा फैलिदै गएको नोवल कोरोना भाइर (कोभिड(१९)को संक्रमणबाट जोगिने बारेमा छलफल भयो।

बैठकले कोरोना भित्रिन नदिनको लागि अन्तराएष्ट्रिय विमानस्थल र सबै सीमा नाकाबाट औषधि र अत्यावश्यक सामग्री ढुवानीबाहेकका सम्पूर्ण आवतजावत तत्काल रोक्न माग गरेको छ । त्यसैगरी एसइइ परीक्षा केन्द्रमा भयमुक्त वातावरण सिर्जना गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

विद्यार्थीहरुले कोरोनाको नाममा बजारमा कालोबजारी बढेको ठहर गर्दै बजार अनुगमन गर्नेसमेत निर्णय गरेको छ । भनिएको छ, ’कोरोनाको नाममा डर, त्रास फैलाई बजारमा कृतिम अभाव सिर्जना गर्ने कालाबजारी नगर्न चेतावनी दिदै कालाबजारीमा संलग्नहरूलाई कडा कारवाही गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनको तर्फबाट बजार अनुगमन गर्ने निर्णय भएको छ। कालाबजारी नियन्त्रण गर्नको लागि सबै जनता सचेत र सरकारलाई सूचना दिन अनुरोध गर्दछौं।’

त्यसैगरी बैठकले निजी विद्यालयलाई चैत महिनाको शुल्क मिनाहा गर्नसमेत माग गरेको छ। ’चैत महिनामा स्कुलहरू सञ्चालन नहुने भएककाले सबै निजी विद्यालयहरूले चैत महिनाको शुल्क फिर्ता गर्नको लागि माग गर्दछौं,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्