एउटै वडाका दश जना भूकम्प पीडितले फिर्ता गरे आवास निर्माणको अनुदान

सुशिल सुवेदी, सिन्धुपाल्चाेक

भूकम्पपछि जिल्लामा आवास पुर्नःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला एकै वडाका दश जना भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गर्दै राज्यप्रति इमान्दारीता देखाएका छन् ।

भोटेकोशी गाउँपालिका ३ का दश जना भूकम्प पीडितले आवास निर्माण अनुदान पहिलो किस्ता वापतको पचास हजार नेपाल सरकारलाई फिर्ता गरेका छन् ।

मंगलबार एक समारोहका बीच भोटेकोशी गाँउपालिका वडा नंम्वर ३ का दश जना भूकम्प पीडितले जिल्ला आयोजना कार्यान्वयन ईकाइका निमित्त प्रमुख लक्ष्मण कुमार सेठ समक्ष अनुदान फिर्ता गरेका हुन् ।

पीडितहरुले जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, भोटेकोशी गाँउपालिका उपाध्यक्ष दावुटी शेर्पा, वडाध्यक्ष कैलाश पौडैलको रोहवरमा अनुदान रकम फिर्ता गरेकम थिए ।

अनुदान फिर्ता गर्नेहरु दुगुनागढीका विस्थापित र सुकुम्वासी नागरिक हुन् । अनुदान फिर्ता गर्नेहरुमा भोटेकोशी ३ दुगुनागढीका सार्की कामी, गोकुल कामी, पूर्णबहादुर विक, गोकुल कामी, विष्णु कामी, काली कमिनी, सानु विक, मनमाया कामी, सोमवहादुर कामी र गोरीमाया कामी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्