कोरोना पू्र्वसावधानीका लागि सैनिक मुख्यालय परिसरमा क्वारेण्टाईन टेण्ट

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस छिर्न नदिन अप्नाउनु पर्ने पू्र्वसावधानीका लागि गरिने अभ्यासका लागि नेपाली सेनाले जंगी अड्डा परिसरमा नै क्वारेण्टाईन टेण्टहरु बनाईएको छ । सेनाले कथंकदाचित आपत आईपरेमा प्रयोग गर्न समेत मिल्ने किसिमका क्वारेण्टाईन टेण्टहरु सैनिक मुख्यालय परिसरमा नै निर्माण गरेको हो ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका गर्न सङ्क्रमितलाई राख्ने तरीका, उपचार विधिका लागि तयार पारिएका यी टेण्टहरुमा नेपाली सेनाका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई पूर्वअभ्यास तालिम दिइएको छ ।

प्रत्येक कक्षमा २र२ जनालाई क्वारेण्टाईनका लागि राख्न सकिने गरी तयार पारिएका छन् । साथै क्वारेण्टाईन सहित उपचारका लागि आवश्यक पर्ने औषधी लगायतका उपकरण समेत तयारी अवस्थामा राखिएका छन् । साबुन(पानी तथा शौचालय सहित सुविधा सम्पन्न रुपमा तयारी पारिएका क्वारेण्टाईन टेण्टहरु आपतका बेला जतिखेर पनि प्रयोग गर्न सकिने गरी तयार गरिएका हुन् ।

जंगी अड्डाकै प्राङ्गणमा तयारी पारिएका ५४ वटा अस्थायी क्वारेण्टाईन कक्षमा गरिएको प्रदर्शनीको प्रधानसेनापति पूर्णचन्द्र थापाले अनुगमन गर्नु भयो ।

नेपाली सेनामा आबद्ध चिकित्सक तथा स्वास्थ्यकर्मी र प्राविधिक गरी १८१ जनालाई तालिम दिइसकिएको नेपाली सेनाले जनाएको छ। सैनिक अस्पतालका साथै पोखरा, ईटहरी र नेपालगंजमा आईसोलेशन कक्षको व्यवस्था पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्