काेरनाकाे त्रास : एसईई परीक्षा स्थगित, अर्काे मिति तय गरिने

कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेको बैठकले अर्काे सूचना नआउन्जेल सम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

विभागले परीक्षाको अर्काे मितिको सूचना निकालेर जानकारी गराउने निर्णय गरेको छ ।  स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख विद्यार्थीले एसईई दिँदै थिए ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ सहित विश्वविद्यालयले लिने परीक्षाबारे भने निर्णय भइसकेको छैन ।

यसमा विषयमा छलफलका गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका अधिकारीहरुलाई बुधबार मन्त्रालयमा बोलाएका छन् ।

छलफलपछि विद्यालयका परीक्षाहरु पनि स्थगित हुनसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्