त्रसित नभइ मर्यादित ढङ्गले परीक्षामा सहभागी हुन शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भाेलि चैत ६ गतेदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा एसईई पूर्व निर्धारित समय तालिका अनुसार नै सञ्चालन हुने बताउनुभएको छ ।

परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको र कतिपय विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेको अवस्थामा परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको जनाउँदै मन्त्री पोखरेलले पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने प्रबन्ध मिलाइएको बताउनुभएको छ ।

परीक्षामा समावेश हुने विद्यार्थी एवम् अन्य सबैले मन्त्रालयले जारी गरेका निर्देशनहरु पालना गर्दै एवम् व्यक्तिगत रुपमा समेत सचेत रही भयभित तथा त्रसित नभइकन मर्या्दित ढङ्गले परीक्षामा सहभागी हुन मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्