प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदै

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा आज मतदान हुदैछ । प्रदेशसभाको बैठक बिहान ८ बजेका लागि बोलाइए पनि बैठक भर्खरै सुरु भएको छ । प्रदेशको नामका विषयमा चार वटा प्रस्ताव दर्ता भएपछि कुनै नामको पक्षमा पनि दुई तिहाइ नपुग्ने निश्चित जस्तै छ । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ भने नेकपाले जानकी तथा काँग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

नाम पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावले दुई तिहाइ समर्थन पाउने सम्भावना नभएपछि दलहरु छलफल गरिरहेका हुन् । यसैबीच नेकपाले जानकी प्रदेशकै पक्षमा र काँग्रेसले मिथिलाका पक्षमा मतदान गर्न आफ्ना साँसदलाई ह्विप जारी गरेको छ । काँग्रेस तथा नेकपाका केही सांसद मधेश प्रदेशको पक्षमा उभिँदा क्रस भोटिङ्ग हुन सक्ने सम्भावना देखिएपछि ह्विप जारी गरिएको नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्