विहिवारदेखि एसईई परीक्षा हुने, परीक्षा तालिका सर्दैन ढुक्क हुनुहाेस्

कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा चैत्र ५ गतेसम्म सक्नका लागि आह्वान गरेको सरकारले कक्षा १० एसईईको परीक्षा निर्धारित तालिका अनुसारनै हुने जनाएको छ ।

कोरोना भाइरसको सन्त्रास सन्सारभर फैलिरहेको बेलामा एसईईको परीक्षा के हुन्छ भन्ने चासो भैरहेका बेलामा परीक्षा नियत्रण कार्यालयले परीक्षा तोकिएकै तालिका अनुसार चैत्र ६ गते बिहिवारबाट शुरु हुने जनाएको हो ।

सरकार आफैंले भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरिरहेको अवस्थामा कक्षा १० को परीक्षा रोक्नुपर्ने माग समेत भैरहेपनि कोरोना भाइरसका बिरामी नेपालमा नदेखिएको अवस्थामा परीक्षा स्थगित गर्नुपर्ने अवस्था नआएको पनि कार्यालयले जनाएको छ ।

परीक्षामा काठमाण्डौबाट सबैभन्दा बढी र मनाङबाट सबैभन्दा कम परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

प्रत्येक परीक्षा केन्द्रमा एकजना स्वास्थ्यकर्मी आवश्यक उपकरण र औषधी सहित राखिने र शंका लागेका परीक्षार्थीलाई बेग्लै कोठामा राखेर परीक्षा दिन लगाउने तयारी गरिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीहरुले समेत परीक्षामा सहभागी हुँदा सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । भाइरसबाट जोगिनका लागि सावधानी अपनाउँदै निश्चिन्त भएर परीक्षामा सहभागी हुन परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ ।

परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदैछन् । यी परीक्षार्थीका लागि मुलुकभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र र सोही अनुसारको जनशक्ति परिचालन गर्ने तयारी कार्यालयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्