सुदूरपश्चिममा एसईईको तयारी पूरा, ५४५३७ जना परिक्षार्थीहरु सहभागी हुने, २११ परिक्षा केन्द्र

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भइसकेको छ। सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र , उत्तर पुस्तिका लगायतका सामग्रीहरु पुगि सकेका छ्न। सुदूरपश्चिम प्रदेशका २११ वटा परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष नियुक्ति भै सकेका र उहाँहरु लाई परिक्षा संचालन एव्म ब्यवस्थापन सम्बन्धि आबश्यक अभिमुखिकरण कार्यक्रम समेत ९ वटै शिक्षा बिकास तथा समन्वय इकाइहरुबाट सम्पन्न भइ सकेका छन।
सुदूरपश्चिम प्रदेश मा नियमित तर्फ छात्र २४२५७ जना, छात्रा २६३९१ जना गरि कुल ५०६४८ जना विद्यार्थी एसईईमा सहभागि हुदैँछन भने प्राबिधिक धार तर्फ छात्र ६६३ जना, छात्रा ३६४ जना गरि कुल १०२७ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन । यसैगरी ग्रेडबृद्धितर्फ छात्र १२२२ जना, छात्रा १६४० जना गरि कुल २८६२ जना रहेको छ । यस प्रदेशमा छात्र २६१४२जना, छात्रा २८३९५ जना गरि कुल जम्मा ५४५३७ जना परिक्षार्थी हरु सहभागी हुने भएका छन।
परिक्षालाई ब्यवस्थित, अनुसाशि , मर्यादित र भय रहित तरिकाले सम्पन्न गर्नका लागि सबै सरोकारवाला पक्षहरूले आ–आफ्नो स्थानबाट सकारात्मक सहयोग गरि दिन सुदूरपश्चिम प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले अनुरोध गर्नुभएको छ ।

अहिले बिश्वमा महामारी को रूपमा देखियेको कोरोना भाइरस को कुनै असर परिक्षा केन्द्रहरुमा पर्न नदिनका लागि परिक्षा केन्द्र हरुमा भीडभाड नगर्ने, हात नमिलाउने,परिक्षा सकिये पश्चात् आ आफ्नो कोठामा (घरमा) गइहाल्ने र अनावश्यक हिड्डुल नगर्न समेत बिध्यार्थीहरुमा अनुरोध गर्नुभएको छ ।

सबै परीक्षा केन्द्रहरुमा बिध्यार्थी भाइ बहिनीहरुले शान्त, मर्यादित एब्म अनुशाशित रुप ले भयरहित वातावरणमा ढुक्क भयेर परिक्षा दिने बाताबरण मिलाइएकोले निर्देशक विष्टले सबै परिक्षार्थीहरुको उच्च सफलता को कामना समेत गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्