सम्झना र पशुपतिको ‘टिका टालो’ बजारमा, २ दिनमै १ लाख भ्यूज (भिडियो)

काठमाडौँ – लोकप्रिय लोकदोहरी गायक तथा शर्जक पशुपति शर्मा र सर्वप्रिय गायिका सम्झना भण्डारीको आवाजमा सजिएको ‘टिका टालो’ दशैँ गीत बजारमा आएको छ । गीतले २ दिनमै १ लाख भ्युज पाएको छ । पशुपति शर्माको आधिकारिकत युट्युब च्यानल ‘पशुपति शर्मा’ बाट सार्वजनिक भएको गीतले २ दिनमै १ लाख भ्यूज पाएको हो ।

सम्झना र पशुपतिले नै अभिनय गरेको दशै गीत दर्शक माझ निकै रुचाइएको छ । मारुनी डिजिटलले रेकर्डिङ गरेको गीतमा पशुपति शर्माकै म्युजिक र शब्द रहेको छ । यस गीतमा चर्चित मोडेल करिश्मा ढकालको अभिनय पनि रहेको छ । पशुपति शर्मा, सम्झना भण्डारी, करिस्मा ढकाल, लक्ष्मी गिरी, सविता गुरुङ र शेखर घर्तीको अभिनय गीतमा देख्न सकिन्छ । एडभेन्चर इन्रटेनमेन्टले गीतलाई पोष्ट प्रोडक्सन गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्