गोठाटारमा गोली हानिएका व्यवसायी मोहम्मदको मृत्यु

काठमाडौं –  काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका सर्लाहीका लाल मोहम्मदको मृत्यु भएको छ। गोली लागेपछि घाइते भएका मोहम्मदको टिचिङ अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्लाहीका मोहम्मद गार्मेन्ट व्यवसायी थिए। कागेश्वरी मनोहरा नगरपालिका- ८ मा उनलाई गोली हानेर आक्रमणकारीहरू भागेको प्रहरीले जनाएको छ। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।

उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफ्नै कार वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन-चार पटक गोली हान्छन्।

गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएकी थिइन्। यसपछि बन्दुकधारीहरू भागेका थिए। गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्