निर्वाचन अधिकृत सिफारिस

काठमाडौं – न्याय परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ । परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो । अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ ।

जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ । परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ । एकभन्दा बढी न्यायाधीश रहेको जिल्लाको हकमा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ ।

यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ । यस्तै परिषद्ले न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ कर्मचारीलाई निर्वाचन अधिकृतमा सिफारिस गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्