‘कम्पनी र डिस्ट्रीब्युटर नसुध्रिए तिनका मोबाईल बेच्दैनौं’: महासंघ

काठमाडौँ – नेपाल मोबाइल व्यवसायी महासंघले कम्पनी र डिस्ट्रीब्युटर नसुध्रिए तिनका मोबाईल नबेच्ने बताएको छ ।

आइतबार काठमाडौँको कोटेश्वरमा भएको अन्तरक्रिया कार्यक्रममा महासंघले कम्पनि र डिष्ट्रिब्युटर नसुध्रिए ती कम्पनी र डिष्ट्रिब्युटरहरुका मोबाइल नै नबेच्ने बताएको हो । अन्तरक्रिया कार्यक्रमले धेरै समस्याहरुलाइ सतहमा ल्याएको छ,

आयातकर्ता र डिष्ट्रिब्युटरहरुसँग खुद्रा व्यापारीहरुले केही गम्भीर प्रस्नहरु गरेका छन ।

१. कम्पनिको आधिकारिक डिस्ट्रीब्य्टरले कम्पनिले तोकेको भन्दा धेरै कम मुल्यमा अरुको एरियामा क्रस बिलिङ गर्ने किन ?

२. महाबौदमा कम्पनीले दिएको सबै स्किम र आरडी मार्जिन सहित घटाएर बेच्ने र अरुको मार्केट धोस्त बनाउने किन ?

३. कम्पनिले अरु कारणले मूल्य वृद्धि गर्ने मिल्ने तर मार्जिन बढाउन किन नमिल्ने ? ४.कम्पनिले अनलाइन विलिङमा विभिन्न सुबिधा र छुट दिई अफलाइन मार्केट भनेको वढी नाफा खाने फटाहाहुन भन्ने गरि मार्केट्मा म्यसेज जाने गतिबिधी किन गर्ने ?

५. सबै कम्पनीले किनfixed retail price(FRP) किन लागू नगर्ने ??

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्