हेलम्बुमा एक जना शिक्षक सम्पर्क विहिन, खोजी कार्य जारी

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बुमा कार्यरत एक जना शिक्षक सम्पर्क विहिन भएका छन् । कालिञ्चोक – ३ दोलखा घर भएका केशव शिवाकोटी शनिबार विहिन ११ बजेबाट हराइरहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । उनी हेलम्बु–१ स्थित श्री सर्कथली आधारभुत विद्यालयमा खर्चुङ छिरिङ फाउन्डेशनको सहयोगमा अध्यापन गराउँदै आएको समेत गाउँपालिकाले जनाएको छ । शिक्षक सिवाकोटी मेलम्चीघ्याङ नजिकै बाट सम्पर्क विहिन भएको गाउँपालिकाको भनाई छ । शिक्षकको खोजी कार्य समेत जारी रहेको गाउँपालिकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्