तेक्वान्दोका पूर्वखेलाडी खड्काले गरे काठमाडौं क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवारी घोषणा

काठमाडौँ — तेक्वान्दोका पूर्वखेलाडी तथा निर्णायक अशोक खड्काले शनिबार मंसिर ४ को आमनिर्वाचनमा प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार काठमाडौंको थलीमा  कार्यक्रम गरेर काठमाडौं क्षेत्र नम्बर २ (ख) बाट अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय रेफ्री/प्रशिक्षक खड्कालेउम्मेदवारी घोषणा गरेका हुन् ।

‘छल्नेलाई भन्दा बदल्नेलाई खोजौं, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नारासाथ खड्काले स्वतन्त्र उम्मेदवारी घोषणा गरे । उनले युवापुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने बताए । उनले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य, खेलकुदलगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा आफू आशावादी रहेको बताए । कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडीलगायत सरोकारवालाले स्वतन्त्र उम्मेदवार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन् ।

उनले आफू लामो समयदेखि खेलक्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नो क्षेत्रमा नीति निर्माण र विकासको काम लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको प्रस्ट्याए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्