बालेनले माधव नेपाललाई सोधे –‘कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहा बालेनले नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई –‘कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’ भनेर प्रश्न गरेका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा साहाले नेपाललाई प्रश्न गरेका हुन् । उनले नेपाललाई मात्र हैन बर्तमान राष्ट्रपति विद्या भण्डारीलाई समेत प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननीय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

राष्ट्रपति भण्डारीलेपनि काठमाडौँ क्षेत्र नं.२ बाट चुनाव जितेकी थिइन् । काठमाडौँ क्षेत्र नं. २ माधव नेपालको चुनावी क्षेत्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्