धनुषामा घरेलुरक्सी खाएर ज्यान गुमाएका परिवारलाई प्रदेश २ सरकारले ३/३ लाख रुपैयाँ दिने

प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन/तीन लाख रुपैयाँ दिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराइने बताउनुभएको हो ।

आइतबार मुख्यमन्त्री राउतले क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँका पीडित परिवारलाई भेट्नु भएको थियो । उहाँले विषाक्त जाँडरक्सी बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानुनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाँडै ‘खुला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराउनुभयो ।

मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सुरक्षा समितिको बैठकमा खुला मदिरा नियन्त्रणबारे निर्णय हुने बताउनुभयो ।

उहाँले दोषीमाथि कारबाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताउनुभयो । रम्दैयामा विषाक्त रक्सी खाएर ज्यान गुमाएका १४ परिवारलाई आइतबार सांसद रघुविर महासेठले काजकिरियाका लागि २० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।

 

उज्यालाे अनलाइनकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्