काठमाडौंको कपनबाट ठूलो परिमाणमा मास्क बरामद

काठमाडौंको कपनबाट प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरिएको छ ।

लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम भएका बेला यसरी प्रहरीले मास्क बरामद गरेको हो । कालोबजारी गरेको आरोपमा मास्कसहित सात जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुले सतुङ्गलमा सञ्चालन गरेको अर्को गोदाममा पनि ठूलो परिमाणमा मास्क रहेकाले सिल गरेर राखिएको र सोमबार पुनः कारवाही चलाइने जनाइएको छ ।

यसअघि शनिबार प्रहरीले काठमाडौंको डल्लुबाट ७८ हजार मास्क बरामद गरी आठ जनालाई पक्राउ गरेको थियो । उनीहरुले पाँच रुपैयाँ पर्ने मास्कलाई ३० देखि ४० रुपैयाँमा बिक्री गर्ने गरेको सूचना पाएपछि प्रहरीले काठमाडौंमा खोजी अभियान जारी राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्