४ हजारका लागि सेनामा खुल्यो जागिर, कहाँ-कहाँबाट दिन पाइन्छ आवेदन ?

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ ।

देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो । दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ । दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
यसका लागि शैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा असक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेसीतर्फ ४ हजार माग गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्