टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको पहिलो शतक

काठमाडौँ – भारतीय क्रिकेट खेलाडी विराट कोहलीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको भारतको अन्तिम खेलमा अफगानिस्तान विरुद्धको खेलमा विराटले ५३ बल खेल्दै ११ चौका र ४ छक्का सहित १०० रन पूरा गरे ।

विराटको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा विराटले ३२ अर्धशतक प्रहार गरेका छन् । एसिया कपमा भारत बाहिरिएको छ । भारत श्रीलंका र पाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्