चीनको अघोषित नाकाबन्दीले व्यापारी मारमा, राजस्व संकलनमा समेत गिरावट

काठमाडौँ – दसैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएपछि व्यापारीहरु मारमा परेका छन् । दसैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि नेपालका व्यापारीहरु मारमा परेको नेपाल व्यापारसंघ प्रदेश नं. १ का अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिए । चीनले विभिन्न वाहानामा उत्तरी नाकामा नाकाबन्दी गरिरहेको भन्दै आचार्यले सरकारले तत्कालै ध्यान दिनुपर्नेमा जोड दिए । ‘चाइना सरकारले अघोषित रुपमा नाकाबन्दी गरेका छ,’ आचार्यले भने, ‘यसमा सरकारले तत्काल पहल गर्नुपर्छ नत्र भने व्यवसायीहरु पलायन हुनेपर्ने अवस्था छ ।’ बैंक तथा वित्तीय संस्थाहरुबाट चर्कोव्याजमा ऋण निकालेर ल्याएको समानहरु महिनौ देखि नाकामा अड्किएपछि व्यवसायीहरु डिप्रेसनमा जान थालेको उनको भनाई छ । आचार्यले दसैँको मुखमा व्यवसायीहरुलाई निरुत्साही गर्नुभन्दा सम्बन्धित निकायहरुले कुटनितिक पहल गरेर व्यवसायीहरुलाई जोगाउन सरकारसँग आग्रह गरे । व्यवसायीहरु आत्महत्या गर्न सम्मको फैसलामा पुगेको समेत आचार्यको भनाई छ । चर्को बैंक तथा वित्तीय संस्थाहरुको व्याज, सामानहरु नाकामै रोकिनु, सरकार मौन बस्नुले व्यवसायीहरुमा निरासा पैदा भएको उनको भनाई छ ।

नाकामा समानका गाडिहरु रोकिनुले राज्यको अर्थतन्त्रमा समेत असर पुगेको आचार्यको भनाई छ । सामान नेपाल तर्फ ल्याउन सके लाखौँ रुपैयाँ राजस्व उठ्ने र सरकारलाई समेत अर्थतन्त्र सुधारमा थप टेवा पुग्ने उनको भनाई छ । सरकारले यसरी नाकामा रहेको गाडीहरुलाई नेपाल भित्र्याउन नसकेमा व्यवासायी र सरकार दुवैलाई मार्का हुने उनको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्