कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय

काठमाडौं – कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय हुने भएको छ । विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो । उनले उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको आरोप थियो ।

तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्