कोरोना भाईरस बारे सतर्कता अपनाउन बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना

कोरोना भाईरस (कोभिड – १९) काे बारेमा सतर्कता अपनाउन भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थडेस्क स्थापना गरिएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरस देखापरेपछि भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाटमा दशरथचन्द नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेको हो । फागुन १० गतेदेखि हेल्थडेस्क स्थापना गरेको र दैनिक आवतजावत गर्ने सबैजसोलाई चेकजाँच गर्ने गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी ममता थापाले बताउनुभयो ।
स्वास्थ्यकर्मी र ज्वरो नाप्ने उपकरणसहित खोलिएका डेस्कमा भारतबाट नेपाल भित्रिने सबैको स्क्रिनिङ गर्न थालिएको छ । एक सय डिग्रीभन्दा बढी ज्वरो आएको, रुघाखोकी लागेको, फ्लुको जस्तो लक्षण देखिए अस्पताल पठाउने व्यवस्था गरेको स्वास्थ्यकर्मी थापाले बताउनुभयो ।
बैतडीको झुलाघाटबाट भारतमा काम गर्न गएका नेपाली सहित भारतीय नागरिक समेत नेपाल प्रवेश गर्ने गर्दछन । यस्तै दैनिक उपभोग्यका सामान आयात गर्न पनि बैतडीका अधिकांश स्थानीयहरु झुलाघाट नाकाबाट भारत जाने गर्दछन ।

यसैगरी भारतीय नागरिक बढी भित्रिने कैलाली र कञ्चनपुरका नाकाहरूमा बढी सावधानी अपनाइएको देखिन्छ । प्रदेश सरकार र सीमावर्ती जिल्लाका स्थानीय सरकारले भीडभाड, भेला तथा महोत्सव आदि नगर्न आग्रह गरेका छन् ।

भारतले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको छ भने हेल्थ डेस्क र स्वास्थ्यकर्मी सीमा क्षेत्रमा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्