धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान गुमाउनेको संख्या १७ पुग्याे

धनुषामा विषाक्त रक्सी पिएका कारण ज्यान जानेको संख्या १७ पुगेको छ । आइतबार बिहान धनुषाको क्षीरेश्वरानाथ नगरपालिका–१, रमदैयामा मदिरा सेवनबाट थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय रामबहादुर यादवको रहेको स्थानीय उमेश यादवले जानकारी दिएका छन् । होलीको अवसरमा स्थानीय स्तरमा उत्पादित मदिरा पिएका उनी बिरामी थिए ।

योसँगै रमदैया बस्तीमा घरेलु मदिरा सेवनका कारण बुधबार यता मर्नेको संख्या ९ पुगेको छ भने १५ दिन यता १३ जनाको मृत्युु भएको छ । आइतबार बिहानै जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको पनि मृत्यु भएको छ । यसअघि शुक्रबार र शनिबार गरी विषाक्त रक्सीकै कारण सोही बस्तीका ३ जनाको मृत्यु भइसकेको छ ।
१५ दिनको अन्तरमा धनुषाको रमदैया र जनकपुरको मुसहरी टोलमा १७ जनाको मृत्यु भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्