काम नसकी ठेकेदार भागेका कारण सुर्खेतका अधिकांश भवनको निर्माण कार्य अलपत्र

FILE PHOTO
FILE PHOTO

काम नसकी ठेकेदार भागेका कारण सुर्खेतका अधिकांश भवनको निर्माण कार्य अलपत्र परेको हो । अलपत्र भवनमध्ये धेरैजसो स्वास्थ्य संस्थाको भवन निर्माणकार्य १० वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । जिल्लामा औषधि उपचारको अभावमा वर्षे्नि मातृ–शिशु मृत्युदर बढ्न थालेपछि सरकारले यस क्षेत्रका स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेण्टर स्थापनाको नीति अघि सारेको थियो ।
सोहीअनुरुप साविकको भवन डिभिजन कार्यालयले सुर्खेतमा बर्थिङ सेण्टर स्थापनासँगै स्वास्थ्य चौकीको लागि भवन निर्माणको काम थालेको हो । तर, ठेकेदार कम्पनीको उदासीनताले समयमै भवन निर्माण नहुँदा ग्रामीण भेगका महिलाहरु अझै पनि असुरक्षित रुपमा सुत्केरी हुन बाध्य छन् । सुर्खेतका गुटु, अवलचिङ्ग, कटकुवा स्वास्थ्य चौकीसँगै जिल्ला कारागार, क्षेत्रीय वायर हाउस एवं दलित छात्रावासलगायतका भवनहरु अलपत्र छन् ।

यी भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी विभिन्न बहाना बनाउँदै सम्पर्कमा नआएपछि साविकको शहरी विकास तथा भवन डिभिजन कार्यालयले सम्झौता तोड्न सिफारिश गर्ने, कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्