सहकारी नै हाम्रो भविष्य

सहकारी नै हाम्रो भविष्य

आउनुहोस् है दाजुभाई दिदीबहिनी खाता खोल्नलाई
थोरै थोरै जम्मा गरि खाँचो टार्नलाई ।।
थोपा थोपा जस्तो जम्मा गरि हुन सक्छ धेरै
सम्झनुहोस् हाम्रो विकास सहकारी नै हाम्रै ।।
हक अधिकार समान हुन्छ सबै शेयर धनीलाई
निर्धक्क भई कारोबार गरौँ हाम्रो विकास नै आई ।।
गाह्रो साह्रो परेदेखि ऋण लिन पनि पाइने
यहि भएर नै सबैलाई सहकारी नै चाहिने ।।
ऋण लिइसकेपछि किस्ता तिर्न पनि पाइने
आफ्से अआफ घट्दै जाने थाहै नपाइने ।।

सबैजना सबल सक्षम समृद्धि भए पुग्छ देशलाइनै टेवा
दायित्व बोध गर्दै गए सबैलाई मिल्न सक्छ मेवा ।।
उद्देश्य हो सहकारीको बचत गर्ने अनि दिने ऋण
ऋण तिर्नु पर्यो भनि ऋणीले नगर्नु है घृणा ।।
लेको ऋण लगानी सहि ठाँउमा गर्न नै पर्छ
भाखाभित्र लेको ऋण इमान्दारी साथ तिर्नु नै पर्छ ।।
ऋण लिदा ख्याल राखौँ है ३ पुस्तालाई पिर्छ
कहिले पनि यो नसोचौ नाति आई तिर्छ ।।

ढुक्क भई नाफा कमाउँ केहि छैन डर
कमाईबाट राज्यलाई नी बुझाउनु पर्छ है कर ।।
समय लाई नफालौ है कति पनि खेर
सहकारि मा गै कारोबार गरौ भयो अबेर ।।
जस्तो सूकै चूनौतिको गर्दछ सामना
सहकार्य गरि अगाडी बढौ ॐ नमन ।।
भन्छन दूनियाले केहि दूई कूरा सून्दै
फैलनू जरूर छ जालो जस्तै बून्दै ।।

गर्नू हून्न भेदभाब गरिब धनि बिच भिन्नता
गास्नू प्रछ समान ब्यहाबार गरि एकता ।।
व्यक्ति व्यक्ति सबल भए हुनेछ देश विकासको आधार
राज्यको नीतिमा रहि अघि बढौँ बिन्ती गर्छु सादर ।।
हाम्रो सेयर सदस्य भई बनौ है सदाचारी
यति भन्दै विदा हुन्छु जय सहकारी

 

लेखक : तेज प्रसाद आचार्य, उपाध्यक्ष 

ऋण उपसमिती संयोजक

हाम्रो विकास बचत तथा ऋण सहकारी संस्था लि.

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्