सुजुकीको बहुप्रतिक्षीत स्कुटर “सुजुकी एभेनिस” नेपाली बजारमा

काठमाडाैं – सुजुकीको बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस नेपाली बजारमा आएको छ । सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्दै नेपाली बजारमा उपलब्ध हुने भएको छ । सुजुकी मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता भी जे अटोमोबाइल्स प्रा.लि. ले आज एक विशेष कार्यक्रम गरी नेपालमा बहुप्रतिक्षीत स्कुटर सुजुकी एभेनिस बजारमा ल्याएको हो । सोही कार्यक्रममा भी जे अटोमोबाइल्स प्रा.लि.का प्रबन्ध निर्देश निकुञ्ज अग्रवाल, सुजुकी मोटर्स इण्डिया प्रा.लि. का म्यानेजर, इन्टरनेशनल मार्केटिङ सशांक तलवार तथा भिजे अटोमोबाइल्स प्रा.लि.का महाप्रबन्धक धिरज भट्टराईहरुले संयुक्त रुपमा सुजुकी एभेनिसलाई अनावरण गर्नुभयो ।

अति आकर्षण डिजाईन र आधुनिक विशेषताले भरिएको सुजुकी एभेनिस स्कुटर तथा जेन जेड जेनेरेसन तथा १८ देखि २२ बर्ष उमेरसमुहलाई लक्षित गरि बजारमा ल्याइएको छ । पावर, पर्फमेन्स तथा स्टाइललाई विशेष ध्यान दिएर बनाइएको यो स्कुटर स्पोर्टी क्याटेगोरी मा हुनुका साथै विभिन्न विशेषताहरुलाई भरिएको छ । जस्मा एडभान्स स्पोर्टी स्टाइल, बडी माउण्ट ब्राइट एलइडी हेडल्याम्प, फ्रण्ट फ्यूल बक्स साथै युएसबी स्कुटर, ठुलो मात्रामा सीट क्षमता भएको यो स्कुटी नेपाली बजारमा उपलब्ध भएको छ ।

लक्षित बर्गाहरुलाई विशेष ध्यान दिई बनाइएको यो स्कुटर सबैले मनपराउने कुरामा कम्पनी विश्वस्त रहेको छ । दुबै बर्गालाई अति सुहाउने भएकाले सुजुकीका मोटरसाईकल र स्कुटीहरु प्रविधि र स्मुथ प्रफमेन्सलाई ध्यान दिई बनाइएका हुन्छन् जसले गर्दाे यिनीहरु अति नै विश्वासिलो र भरपर्दा हुन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्