पूर्वसञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूस मागेको विषयमा छानबिन गर्न लेखा समितकाे निर्देशन

FILE PHOTO

सेक्युरिटी प्रेस खरिद प्रक्रिया र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूस मागेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

समितिले शुक्रबार सरकार–सरकारबीचको सम्झौता (जीटूजी) मार्फत् सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न र प्रेस आवश्यक भए सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धाका आधारमा टेन्डर प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा सांसदहरूले राजीनामा दिँदैमा पूर्वमन्त्री बाँस्कोटाको गल्तीलाई क्षमा दिन नसकिने भन्दै छानबिन माग गरेका थिए । यसैगरी सेक्युरिटी प्रेस खरिदका लागि प्राविधिक इस्टिमेट तयार गर्ने उपसमितिका संयोजक तथा सदस्यहरूसँग जानकारी माग गर्ने निर्णय बैठकले गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस खरिद सम्बन्धमा लागत इस्टिमेट ठीक छरछैन भन्ने अध्ययन गर्न बनाएको प्राविधिक उपसमितिका सबै सदस्यको धारणा बुझ्ने निर्णय बैठकले गरेको छ । सांसदहरूले लागतभन्दा बढीको इस्टिमेट ठीक छ भन्ने कर्मचारीलाई सोधपुछ गर्न माग गरेपछि समितिले यस्तो निर्णय गरेको हो । समितिले प्रेस खरिदका सम्बन्धमा छानबिन गरिरहेका बेला मन्त्री बाँस्कोटाको अडियो टेप प्रकरण सार्वजनिक भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्