कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा इलामसँग जोडिएका सबै नाका बन्द

कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा भारतले इलामसँग जोडिएका सबै नाका बन्द गरेको छ । पशुतपतिनगर, मानेभञ्ज्याङ, छब्बिसे, अन्तुलगायत नाका भारतले शनिबार बिहानैदेखि बन्द गरेको हो ।

भारतीय पक्षबाट नाका बन्द गरिएपछि आउजाउसहित सामान ल्याउने लैजाने काम पनि बन्द भएको छ । इलामका नागरिकले अब विकल्पको रुपमा काँकडभिट्टा या जोगबनी नाका प्रयोग गर्नु पर्नेछ। शनिबारका लागि मात्र भन्दै स्थानीयवासीलाई भने सामान्य रुपमा ओहोरदाहोर गर्न दिइएको छ ।
सबै नाका बन्द हुँदा जिल्लाका पूर्वी र उत्तरी क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य सामग्री ल्याउन र सागसब्जीसहित नगदेबाली बिक्रीमा प्रत्यक्ष असर पर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्