वसन्तकालीन हिमाल आरोहण रोक्ने निर्णय गरेपछि विदेशी पाइलटलाई बिदाइ

FILE PHOTO

सरकारले यस पटकको हिमाल आरोहणलगायतका पर्यटकीय गतिविधिमा रोक लगाएपछि नेपाली हेलिकप्टर कम्पनीहरूले विदेशी पाइलटलाई बिदाइ गरेका छन् । चार्टर उडान घटेपछि १५ वटा हेलिकप्टर ग्राउन्डेड गरिएको छ । यो सिजनका लागि राखिएका १५ जना विदेशी पाइलटलाई बिदाइ गरिएको छ ।

नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टर छन । तिनले नेपालमा पर्याप्त दक्ष पाइलट नभएकाले पर्यटकीय सिजनमा मासिक ६ लाखसम्म तलब दिएर विदेशी पाइलट ल्याउने गर्छन ।

सरकारले वसन्तकालीन हिमाल आरोहण रोक्ने निर्णय गरेपछि पर्यटन विभागले पाँचवटा साना हिमाल आरोहण गर्न गएका पाँचवटा विदेशी आरोहण दलका ९ सदस्यलाई शुक्रबार फिर्ता बोलाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण यात्रु घटेपछि नेपाल वायुसेवा निगमले पाँचवटा अन्तर्रा्ष्ट्रिय गन्तव्यको उडान कटौती गरेको छ । निगमका नायब महाप्रबन्धक गणेशबहादुर चन्दका अनुसार दिल्ली, बैंग्लोर, मुम्बई, बैंकक र हङकङमा हुँदै आएका नियमित उडान कटौती गरिएको छ भने दोहा उडान मंगलबारदेखि स्थगन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्