सुनकाे मुल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य ९५ हजार ७०० रुपैयाँ थियो ।

हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबारमा आएको थियो । मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० र तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १ हजार १९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्