गोकुलेश्वर-दार्चुला सडकखण्ड स्तरोन्नती नभए दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद ठगुन्ना

काठमाडाैं – प्रतिनिधि सभा सदस्य गणेश सिँह ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उहाँले हिजो शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रति श्रद्धान्जली व्यक्त गर्दै घाइते ९ जनाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

गोकुलेश्वर – दार्चुला सडक खण्ड एक लेनको भएकोले पटक पटक दुर्घटना भइरहेकोले उक्त सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँले महाकाली राजमार्गमा पर्ने दार्चुला बैतडी जोड्ने गोकुलेश्वर पुल समेत जीर्ण भएकोले उक्त पुलको समेत मर्मत सम्भार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सडक स्तरोन्नती तथा पुल मर्मत सम्भार नभए सडक दुर्घटनाप्रति सरकारले जिम्मेवार हुनुपर्ने भनि समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विहिवार उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाको खलंगा जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्