नेपालका सिमेन्ट उद्योगलाई संरक्षण, प्रोत्साहन र निर्यातमैत्री बनाउन तयार छु : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उद्योगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक सङ्घका पदाधिकारीहरूसँगको छलफल गर्ने क्रममा मन्त्री यादवले नेपालका सिमेन्ट उद्योगलाई संरक्षण, प्रोत्साहन र निर्यातमैत्री बनाउन आफू सकारात्मक रहेको बताएका हुन् ।

“उद्योगीहरुलाई प्रोत्साहन गर्नु सरकारको दायित्व हो, तपाईँहरुलाई परेका समस्याहरुको समाधानका लागि वन मन्त्रालय सकारातमक छ । हामीबाट हुने कामहरु हामी गर्छौं र अन्य मन्त्रालयसँग पनि समन्वय र समाधानका लागि पहल गर्नेछौँ,” उनले भने ।

उक्त छलफलमाको क्रममा नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुब राज थापाले वन नियमावली २०७९ का केही प्रावधानहरुका कारण सिमेन्ट उद्योग सङ्कटमा परेको र समयमै सम्बोधन नगरीए अरबौ लगानी भएको उद्योगहरू सङ्कटमा पर्ने र यसले समग्र अर्थतन्त्र लाई नै नकारात्मक प्रभाव पार्ने जानकारी गराएका थिए ।

त्यस्तै नेपाल सिमेन्ट उत्पादक सङ्घका कार्य समिति सदस्य तथा एडभान्स ग्रुपका उपाध्यक्ष राजन झा ले प्रावधानहरु संसोधन नहुँदा नेपाली सिमेन्टको मूल्य बढेर जाने र अन्य मुलुकमा निर्यात गर्न नसकिने बताउँदै प्रावधानहरुलाई संसोधन गरेर नेपालको सिमेन्ट उद्योगलाई निर्यातमुखी उद्योगको रुपमा स्थापित गर्न आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्