दार्चुलाको उल्लानीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

File Photo

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाका लागि छुटे म १ ज ५५१ नम्बरको जीप दुर्घटना हुदा ५ जनाको घटनास्थलमा मृत्यु भएको पत्रकार गणेशसिँह धामीले जानकारी दिनुभयो ।

जीपमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले समेत पुष्टि गरेको छ । प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ ।

तस्बिर : गणेशसिँह धामी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्